चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नवौं विश्व रेन्जर सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग गर्नका लागि आग्रह गरेका छन् ।

शनिबार चितवनको सौराहामा रेन्जर सम्मेलनको समापन समारोहमा बोल्दै उनले सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा लिएर पर्यटन वर्षको काम गरिरहेको बताए ।सम्मेलनले रेन्जरहरुको कल्याण, व्यावसायिकता र स्थानीय स्वदेशी महिला रेन्जरहरु भर्ना गर्नेतर्फ जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

सहभागीहरुले पृथ्वीभित्रको प्राकृतिक सम्पदाको संरक्षण गर्न, वातावरण परिवर्तनलाई आत्मसात् गर्दै सन् २०३० को दिगो विकासको लक्ष्य पूरा गर्न रेन्जरहरुमा लगानी आवश्यक रहेकामा जोड दिएका थिए ।

अन्तर्राष्ट्रिय रेन्जर महासंघको आयोजनामा पाँच दिनसम्म चलेको सम्मेलनमा ४० प्रतिशतभन्दा बढी महिला रेन्जरहरुको सहभागिता रहेको थियो ।७० देशका ५५० जना रेन्जरहरुले सम्मेलनमा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!