- नवीन गुरुङ


खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका वाड नम्बर ४ को वडा कार्यालय भवनको शिलान्यास भएको छ । आइतबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिकाकी उपमेयर डेगेश्वरी श्रेष्ठले भवनको शिलान्यास गरेकी हुन् ।

भिडियो हेर्नुहोस

मकालु बरुण बौद्ध गुम्बा सेकाहामा मुख्य लामा रिन्जिन गुरुलामाले सिमेभूमे, देवीदेवता सहित भूमि पूजापाठ गरेपछि प्रमुख अतिथी उपमेयर श्रेष्ठले नरिवल फोडेर भवनको शिलान्यास गरेकी हुन् । खाँदबारी नगरपालिका वाड नं। ४ को प्रशासन कार्यालय संचालनको लागि नयाँ भवन अरुणथानमा बन्न लागेको हो । वडा कार्यालय निर्माणका लागि स्थानी नवीन राईले तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । अहिले सम्म ४ नम्बर वडा कार्यालयको भवन भाडाको घरमा संचालनमा रहेको छ । उक्त वडा कार्यालयको भवन सुनकोशी हलेसी निर्माण सेवाले काम गर्ने ठेक्का पाएको छ ।

उक्त भवन शिलान्यास कार्यक्रममा पार्टी प्रतिनिधीहरु नेकपा जिल्ला सदस्य बिनोदसुब्बा गुरुङ, काँग्रेसका नगर सभापति छत्रमणी काफ्ले, समाजबादी पार्टीका नरजित राई र जनमोर्चाका हेमकुमार गुरुङ लगायतको उपस्थिती रहेको थियो । साथै वडा सदस्यहरु जीतबहादुर गुरुङ, कोपिला दर्जी र खेचरसिंह राईको उपस्थिती रहेको थियो । भने भने कार्यक्रममा खाँदबारी ३ नम्बर वडाका वडाध्यक्ष भरत घिमिरे, जग्गादाता नवीन राईको आफन्त, स्थानीय अभिभावक बुद्धिजिवीहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

उक्त भवन शिलान्यास कार्यक्रममा बोल्र्दै ४ नम्बरका वडाध्यक्ष सजितले राई भवन निर्माणका लागि जग्गा दिने दाता र भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यबाद दिए । उनले निर्धारित समयसिमा भित्र नै भवन निर्माण सम्पन्न गरेर वडा कार्यालय सर्ने वातावरण बनाई दिन समेत निर्माण कम्पनीलाई अनुरोध गरे । ४ नम्बर वडाका वडाध्यक्ष सजित राईको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन वडा सचिब कमल कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...