खाँदबारी । फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन डेको अवसर पारेर प्रेमिल शब्दले ओतप्रोत परि जस्तै बोलको गीत सार्वजनिक गरिएको छ । दीपनकुमार श्रेष्ठको शब्द तथा सुनील राई र आशा राईको आवाजमा उक्त गीत गायक तथा संगीतकार भविन ढुंगानाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा एबीन्द्र पाठकको संगीत रहेको छ भने संगीत संयोजन पदम राजन मगरले गरेको हो । गीतमा प्रेमिल जोडीहरुको माया भाव ब्यक्त गरिएको छ । गीतमा भौतिक र आत्मिक सुन्दरताको समेत बयान गरिएको छ । उक्त गीत प्रेम गर्ने जोडीहरु प्रति सर्मपण गरिएको गीतकार दीपन कुमार श्रेष्ठको भनाई छ ।

श्रेष्ठ नेपाली कांग्रेस संखुवासभाका सभापती समेत हुनुहुन्छ । पछिल्लो समय बजारमा आएका श्रेष्ठको गीतले चर्चा पाईरहेको छ । यस पटकको गीत अत्यन्तै राम्रो सम्भावना भएर पनि अवसर नपाएका नयाँ गायक गायीकाहरुबाट यो गीत बजारमा ल्याईएको गीतकार श्रेष्ठको भनाई छ । यस अघिका गीतहरु भने देशकै सुप्रसिद्ध गायक गायीकाहरुको आवाजमा बजारमा आएको थियो । यो गीत मार्फत नयाँ प्रतिभाहरुको उजागर गर्न प्रयास गरिएको श्रेष्ठको भनाई छ । गीत निर्माणको लागि राजेन्द्र घले, टकमान घले, पदम अधिकारी लगायतको बिशेष सहयोग रहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!