खाँदबारी । स‌खुवासभाको खाँदबारी नगरपािलका ५ का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको घटनाको पुर्वराज्यमन्त्री दिपक खड्काले भत्सर्ना गर्नुभएको छ । खुकुरी प्रहारबाट उनी सख्त घाइते भएका छन् । निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

स्थानीय युवा सुरेश तामाङले बाटो हिँडिरहेको अवस्थामा पछाडीबाट खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खाँदबारीले जनाएको छ । सामान्य विवादमा उनीमाथि खुकुरी प्रहार भएको हो । घटना शुक्रबार साँझ सवा ७ बजे भएको थियो । उनको टाउकोमा चोट लागेको छ ।

खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, संखुवासभाका सदस्य, नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष एवम खाँदबारी नगरपालिका वडा नं। ५ का का।वा। वडाध्यक्ष माल्टा निवासी युवा नेता श्री श्यामप्रसाद निरौला माथि हत्या गर्ने मनसायका साथ भएको कायरतापूर्ण सांघातिक आक्रमणको खबरले म स्तब्ध भएको छु । निरौला लाई गएराति करिव ८ बजे वडा कार्यालय नजिकै खुकुरी लगायत धारिला घरेलु हतियार प्रयोग गर्दै मरणासन्न हुने गरी कुटपिट समेत गरी गम्भीर घाइते तुल्याइएको छ ।

यस प्रकारको बर्बरतापुर्ण जघन्य अपराधको म घोर निन्दा र भत्सर्ना गर्दछु । यो अपराधिक कार्यमा सङ्लग्न जोसुकै भए पनि पक्राउ गरी अबिलम्ब कानुनी कारवाहीको दाहेरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन समक्ष म जोड्दार माग गर्दछु । कुनै पनि बाहनामा अपराधीहरुलाई संरक्षण गर्ने वा जोगाउने कार्य भएमा बाध्य भएर परिस्थिति प्रतिकारवाही तर्फ जाने र यसले भयाभय स्थिति निम्तिन सक्ने तर्फ समेत सचेत गराउन चाहन्छु ।

सथै उपचारत गम्भीर घाइते युवा नेता श्याम प्रसाद निरौलाको सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

दिपक खड्का पुर्वराज्यमन्त्री
एवम संविधान सभा सदय्स संखुवासभा

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!