खाँदबारी । शिक्षक महासंघ खाँदबारी कार्यसमितिले खाँदबारी नगरपालिकाको कोरोना राहत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ । महासंघले खाँदबारी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु मार्फत सहयोग रकम १० लाख ९१ हजा ७ सय रुपैयाँ संकलन गरि आज हस्तान्तरण गरेको महासंघका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष बुढाथोकीले चेक मार्फत नगरप्रमुखलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । प्रावि तथा निमावि तहका शिक्षकहरुबाट ३ दिनको तलब र मावि तहको शिक्षकहरुको ५ दिनको तलब खाँदबारी नगरपालिकाको रातकोषमा महासंघले जम्मा गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले मारमा परेका विद्यार्थी, अभिभावक तथा निम्न आयश्रोत भएकाहरुलाई प्रत्यक्ष लाभ हुने गरी गरिएको सहयोग रकम सम्बन्धीत सम्म पुग्नु पर्ने महासंघ खाँदबारी कार्यसमिति अध्यक्ष बुढाथोकीले सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा बताउनुभयो । नगरका प्रावि र निमावि तहका शिक्षकहरुले ६ लाख ८५ हजार ७ सय ६८ रुपैयाँ उपलब्ध गराएका हुन् । त्यसैगरी मावि तहका शिक्षकहरुले ४ लाख ५ हजार ९ सय रुपैयाँ महासंघ मार्फत राहत कोषमा रकम दिएका हुन् । शिक्षहरुको चौमासिक तलब निकासा भएसँगै शिक्षकहरुले राहत कोषका लागि सहयोग रकम संकलन गरेका हुन् । खाँदबारी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा करिब ३ सय शिक्षकहरु कार्यरत छन् ।

खाँदबारी नगरपालिकाले गरेको अनुरोधलाई स्विकारेर विभिन्न संघसंस्था, कर्मचारी, शिक्षक लगायतका सहयोगीहरुले कोरोना राहत कोषमा सहयोग रकम जम्मा गरीरहेको खाँदबारी नगर प्रमुख मुरारीप्रसाद खतिवडाले बताउनुभयो । शिक्षक लगायत सम्पुर्णले गर्नु भएको सहयोग लकडाउनका कारण समस्या परेका दैनिक ज्यालादारी गर्ने मजदुर, निम्न आयाश्रोत भइ दैनिक गुजरा लगाउन समस्याहरु सम्म राहतभइ दैनिक गुजरा लगाउन समस्याहरु सम्म राहत पु¥याउने नगर प्रमुख खतिवडाको भनाई छ । राहत कोषमा जम्मा भएको सयोगक रकम, चामल लगायतका उपभोग्य बस्तुहरुको सहि सदुपयोग हुनमा उहाँले सहयोगीहरुलाई विश्वस्ता रहन अनुरोध गर्नुभयो । महामारीका कारण समस्यामा परेकाहरुलाई सयोगक पु¥याउने लक्षका साथ सयोगक रकम हस्तान्तरण गर्नेहरुलाई नगर प्रमुख खतिवडाले धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...