ताम्कु । सिलिचोङ गाउँपालिकाले आर्थिक बर्ष २०७७।७८ को निति, कार्यक्रम तथा बजेट ल्याएको छ । आर्थिक बर्ष २०७७।७८ को लागि गाउँपालिकाले ३७ करोड ३ लाख ६४ हजार ४ सय रुपैयाँ बजेट ल्याएको हो ।

भिडियो हेर्नुहोस

यस पटक पनि गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । पुर्वाधार विकास तर्फ सवैभन्दा बढी १० करोड ३० लाख ५३ हजार ४ सय रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ४ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास तर्फको स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा १ करोड ५९ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, आयुर्वेद तर्फ ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास तर्फकै शिक्षा कार्यक्रममा २ करोड २० लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने लैंगिक समानता र सामाजिक समावेशिकरण तर्फ १ करोड ५ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, खेलकुद कार्यक्रममा भने २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक विकासको कृषी विकास कार्यक्रम तर्फ ५४ लाख २० हजार रुपैयाँ विनियोजित भएको छ । त्यस्तै, पशु विकास कार्यक्रम तर्फ ४७ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ । वातावरण तथा विपद ब्यवस्थापन तर्फ ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको लागि संघिय सरकारबाट विभिन्न शिर्षकमा ३१ करोड १९ लाख ८५ हजार ४ सय रुपैयाँ प्राप्त भएको छ । प्रदेश सरकारबाट भने १ करोड २१ लाख ७९ हजार रुपैयाँ प्राप्त भएको हो । गाउँपालिकाको आन्तरिक श्रोतमा ३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...