खाँदबारी । संघिय सांसद एवं प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतमको पहलमा स्वास्थ्य कार्यालय संखुवासभालाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ । जिल्ला समन्वय समितिको हलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि उक्त सामग्रीहरु स्वास्थ्य कार्यालय प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

सांसद राजेन्द्र गौतमले स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीलाई ८ प्रकारका कोरोना भाईरसबाट सुरक्षित रहने स्वास्थ्य सामग्रीहरु वितरण गर्नुभएको हो । सांसद गौतमले गाउन ३५ थान, एन ९५ मास्क ५० थान, सर्जिकल मास्क २ हजार थान, थर्ममिटर ६ थान हस्तान्तरण गर्नुभयो । त्यस्तै, ३ सय मिलिलिटरको सेनिटाईजर २५ बोतल, सर्जिकल क्याप ३५ थान, सु कभर ३५ जोर र सेफ्टी चस्मा १० थान हस्तान्तरण गर्नुभएको हो ।

उक्त सामग्रीहरु स्वास्थ्य सेवा विभागमा माग तथा पहल गरेर उपलब्ध गराईएको सांसद गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...