खाँदबारी । गएराती सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा ८ घर पहिरोले बगाएको छ । उक्त पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्ती कुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ, बिनिला कुलुङ, गोरिमाया कुलुङ, उत्तर कुमारी कुलुङ, जुद्द बहादुर (माने) कुलुङ, धन्सङ्कर (मलमराइ), आइतजिन (मारिम) कुलुङ, र नजमाया कुलुङ रहेका छन् ।

यसै विच भर्खरै सिसुवाटार प्रहरी चौकिका प्रहरीहरु घटना स्थल पुगेको खबर छ । उनीहरु घटनास्थल पुगेर वपत्ताहरुको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि ईन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली घटनास्थल तर्फ लागेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...