खाँदबारी । सिलिचोङ गाउँपालिका वडा नम्बर १ सिसुवाखोलामा पहिरोले जनधनको क्षति पुगेपछि राहत अभियान सञ्चालन गरिरहेको सिलिचोङ काठ्माण्डौ समन्वय समितिले विपतको सामना गर्न एक हुन अनुरोध गरेको छ । सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा पहिरोले विस्थापित बनाएपछि उनीहरुलाई राहतको ब्यवस्थापनमा जुट्नको लागि समेत अनुरोध गरेको छ ।

समितिका अध्यक्ष संयोगान्त कुलुङले ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै समितिको तर्फबाट राहत संकलन समेत भईरहेको जानकारी दिनुभयो । अहिलेसम्म विभिन्न देश विदेशबाट करिव २ लाख रुपैयाँ जम्मा भईसकेको समेत उहाँले जानकारी दिनुभयो । समन्वय समिति मार्फत सहयोग गर्न चाहनुहुने सवैलाई धन्यवाद दिनुहुँदै दाताले दिएको राहत रकम चुस्त र पारदर्शी रुपमा पिडितसम्म पुराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । ‘हामी माध्ययम बनेका हौ, दाताले दिएको सवै राहत गाउँपालिका हुँदै पिडितसम्म पुग्नेछ’, अध्यक्ष कुलुङले भन्नुभयो । समितिले अझै केहि दिन अभियान जारी राख्ने भएकोले राहत सहयोगको आव्हान समेत अध्यक्ष कुलुङले गर्नुभयो ।

सिलिचोङ काठ्माण्डौ समन्वय समितिले यस अघि पनि एक गाउँ एक स्ट्रेचर अभियान सफलता पुर्वक सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...