ताम्कु । सिलिचोङ गाउँपालिकाका उपाध्यक्ष लालकुमारी कुलुङले सिसुवाखोला पहिरो पिडितहरुलाई अत्यावश्य पर्ने औषधी निशुल्क उपलब्ध गराउनुभएको छ । उपाध्यक्ष कुलुङले ११ हजार ३ सय १५ रुपैयाँ बराबरको २२ प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउनुभएको हो ।

उक्त औषधीहरु सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकिएको उपाध्यक्ष कुलुङले जानकारी दिनुभयो । उपलब्ध गराईएको औषधीहरु बुधबारे, चित्रे र तिवाटारमा अस्थाई क्याम्पमा राखिएका विस्थापितहरुको उपचारमा प्रयोग हुने गरि उपलब्ध गराईएको उपाध्यक्ष कुलुङले बताउनुभयो । यो समय बर्षातको समय भएकोले विभिन्न संक्रमणहरुको जोखिम भएकोले गाउँपालिकालाई राहत मिल्ने उद्देश्यले औषधीहरु उपलब्ध गराईएको कुलुङको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...