- अनिष विष्ट

नाच्ने रहर त्यागेर दौडिएकी धावक

एक समय यस्तो थियो, सिर्जनालाई दौड वा नृत्य केमा प्रतिस्पर्धा गराउने भन्ने निर्णय गर्न स्कुललाई मुस्किल हुन्थ्यो। दुवैमा प्रथम हुने गरेकी उनले भविष्यमा रोज्ने बाटोबारे उनी पढ्ने स्कुुलका शिक्षक विद्यार्थीमात्र नभएर दौड र नाचमा उनको चाल देखेका अभिभावकसम्मलाई पनि चासो थियो। उनी आफैं पनि दोधारमा थिइन् l दौडतिर लागौं उपयुक्त धावनमार्गको कमी, नृत्यमा लागौं प्रशिक्षण र अभ्यासको अभाव। घरको कमजोर आर्थिक अवस्था र स्कुल सकिएपछि गर्नुपर्ने घरको कामधन्धा त छँदै छ।

संखुुवासभाको सभापोखरी गाउँपालिका–२, ज्यामिरे, हरेलोकी सिर्जना राई (२२) ले प्रतिकूलताकै बीच दौडिने निश्चय गरिन्। नृत्य त छुुट्यो तर उनका गोडाको चाल अघि बढिरह्यो। नाच्ने रहरलाई माया मारेर दौडिन तयार भएका उनका खुट्टा त्यसपछि कहिल्यै कामेनन्। आज दर्जनभन्दा बढी ठूला म्याराथन प्रतिस्पर्धामा उनले उपाधि जितेकी छन्। कोठामा ट्रफी र पदक राख्ने ठाउँ पुगेको छैन।

ठूला दौड

स्कुलमा हुुने सुरुआती प्रतियोगिताहरूबाटै सिर्जना विद्यार्थीमाझ उत्कृष्ट धावक भइसकेकी थिइन्। तर जब उच्च शिक्षाका लागि सदरमुकाम खाँदबारी गइन्, तब अलिक ठूला दौड प्रतियोगितामा सहभागी हुुन पाइन्। आर्थिक अभावका कारण क्षमता निखार्न प्रशिक्षणको अभाव रहे पनि उनले हिम्मत हारिनन्। हिलाम्मे सडकमै गरेको सामान्य अभ्यासले पनि आज उनको परिचय अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन धावक बनाएको छ।

‘पहाडी जिल्लाहरूमा सम्भावना बोकेका धावकहरू भए पनि आर्थिक अभाव छ। यसमा सरकारको ध्यान जान सकेको छैन’, उनी भन्छिन्, ‘पहाडी जिल्लामा सम्भावना बोकेका मजस्तै खेलाडी धेरै छन्। तर भौगोलिक समस्याका कारण पछि परिरहेका छन्।’

हङकङमा आयोजना भएको ‘क्युुनेट गोर्खा ट्रेलब्लेजर’ मा भाग लिने अवसर मिल्यो उनलाई। तर पासपोर्ट बनाउन जाने खर्च थिएन। ‘खर्च नभएपछि स्थानीय सरकारसम्म खर्च व्यवस्थापनका लागि सहयोग माग्दै पुुगेँ’, उनी सम्झन्छिन्, ‘त्यहाँबाट कुनै सहयोग प्राप्त नभएपछि निराश भएर घर फर्कनु प¥यो।’ सहयोग नपाएपछि आफन्तबाट ऋण लिएर उनले पासपोर्ट बनाइन्।

सिर्जनाले धुपुस्थित जनज्योति माविमा ९ कक्षा पढ्दै गर्दा राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाइन् जसमा उनको प्रस्तुति उत्कृष्ट बन्यो। उच्च शिक्षा अध्ययनकै पहिलो वर्ष सन् २०१६ मा उनलाई मकालुु रनमा सहभागी हुने अवसर मिल्यो। ४९ मिनेटमा १० किलोमिटर पार गर्दै उनले ठूला प्रतियोगितामा विजयी सुरुआत गरिन्। त्यसैगरी सन् २०१७ मा इटहरीमा नेसनल स्पोर्ट च्याम्पियनसिपमा उपाधि जितिन्। १० किलोमिटर ४९ मिनेटमा पार गर्दै उनले उपाधि हात पारिन्।

धावकहरूका अलग्गै ड्रेस र जुुत्ता सिर्जनाले यहीँ देखिन्। प्रतियोगितामा सहभागीका ड्रेस, झोला र विशेष प्रकारका जुत्ता देख्दा आफू छक्क परेको उनी सम्झन्छिन्। सामान्य कपडा र प्लास्टिकका जुत्ता लगाएर दौडिन लागेकी उनी उपाधि जित्नेमा विश्वस्त थिइन्। ‘दौडिने क्रममा जुत्ता खुस्कियो तर खाली खुुट्टा नै दौडिएर जितेँ’, उनी भन्छिन्। क्षेत्रीय प्रतियोगितामा प्रथम भएसँगै उनको दौड झन् तेज भयो। ५० किलोमिटरको अन्नपूर्ण ट्रेललगायत दर्जनभन्दा बढी म्याराथन उपाधि जित्न उनी सफल भइन्।

विदेशमा नेपाली झन्डा

२०७५ पुुस २८ गते हङकङमा आयोजना भएको ‘क्युुनेट गोर्खा ट्रेलब्लेजर’ मा भाग लिने अवसर मिल्यो उनलाई। तर पासपोर्ट बनाउन जाने खर्च थिएन। ‘खर्च नभएपछि स्थानीय सरकारसम्म खर्च व्यवस्थापनका लागि सहयोग माग्दै पुुगेँ’, उनी सम्झन्छिन्, ‘त्यहाँबाट कुनै सहयोग प्राप्त नभएपछि निराश भएर घर फर्कनु प¥यो।’ सहयोग नपाएपछि आफन्तबाट ऋण लिएर उनले पासपोर्ट बनाइन्। पर्याप्त अभ्यासबिना प्रतियोगितामा जान लागेकी उनलाई जाने बेला अन्तर्राष्ट्रिय धावक मीरा राईले आडभरोसा दिइन्। ‘जाने बेला उहाँले ड्रेस दिएर बिदाइ गर्नुभयो। ठूलो आत्मबल मिल्यो’, उनी भन्छिन्।

१८ देखि २४ वर्ष उमेर समूहको २६ किलोमिटर दूरीको दौडमा उनी सहभागी भइन्। चार घण्टा सात मिनेट २१ सेकेन्डमा उनले यो दूरी पार गर्दै उपाधि जितिन्। नेपाली झन्डा बोकेर सिर्जना पहिलोपटक विदेशमा सहभागी भएकी थिइन्। ३१ देशका चार सय प्रतिस्पर्धीलाई उछिनेर नेपाललाई उपाधि दिलाएपछि उनलाई अन्तर्राष्ट्रिय धावकको परिचय मिल्यो।

दुुःख झेल्दै विदेशमा देशका लागि उपाधि उचाल्दा खुसीको सीमा नै नरहेको उनी बताउँछिन्। ‘विजेता भएपछि हङकङमा रहेका नेपालीले गरेको सम्मानले गर्दा मेरा पनि शुभचिन्तक रहेछन् भन्ने लाग्यो’, उनले भनिन्।

संखुवासभाको हरेलो गाउँमा सामान्य परिवारमा जन्मिएकी उनलाई कुुनै पनि व्यवस्थित प्रशिक्षण र अभ्यास गर्ने मौका मिलेन। उचित अभ्यास र पर्याप्त पोषण बिना ५५ किलोमिटरसम्मका दर्जनभन्दा बढी दौड प्रतियोगितामा उनी प्रथम भइन्। पछिल्ला दिनमा उनको उपलब्धि देखेर शुभचिन्तकहरूले विभिन्न सामग्री सहयोग पनि गरेका छन्। दौडमा प्रयोग हुुने यस्ता सामग्रीको प्रयोग कसरी गर्ने भन्ने पूर्ण ज्ञानको उनलाई अभाव छ। धेरै प्रतियोगितामा उनी खाली खुट्टा नै दौडिइन्।

तीन छोरी र दुुई छोरामध्ये सिर्जना माहिली हुुन्। सदरमुुकाममा भाइबहिनीसँगै उनी डेरा गरेर पढ्न बसेकी छन्। साँघुुरो कोठामा उनले जितेका ट्रफी र पदक मिलाएर राख्ने ठाउँसमेत छैन। कोठाका सामान हराउने हुुन् कि भन्ने चिन्ताले उनलाई सधैं पिरोल्छ। बिहान बेलुुकीको छाक टार्नसमेत समस्या भएकी उनलाई पौष्टिक खाना पुग्ने कुरै भएन। ‘अग्रजहरूले विभिन्न पौष्टिक आहारको लिस्ट दिएका छन्’, भन्छिन्, ‘दालभात नै समस्या छ, पौष्टिक आहार कसरी पु¥याउने ? ’ पौष्टिक खानाबिना नै दौडिन सक्नुलाई उनी आफ्नो जन्मजात विशेषता भन्छिन्।

धावकहरूका अलग्गै ड्रेस र जुुत्ता सिर्जनाले यहीँ देखिन्। प्रतियोगितामा सहभागीका ड्रेस, झोला र विशेष प्रकारका जुत्ता देख्दा आफू छक्क परेको उनी सम्झन्छिन्। सामान्य कपडा र प्लास्टिकका जुत्ता लगाएर दौडिन लागेकी उनी उपाधि जित्नेमा विश्वस्त थिइन्। ‘दौडिने क्रममा जुत्ता खुस्कियो तर खाली खुुट्टा नै दौडिएर जितेँ’, उनी भन्छिन्। क्षेत्रीय प्रतियोगितामा प्रथम भएसँगै उनको दौड झन् तेज भयो। ५० किलोमिटरको अन्नपूर्ण ट्रेललगायत दर्जनभन्दा बढी म्याराथन उपाधि जित्न उनी सफल भइन्।

सुुरुमा प्रतियोगिता सम्बन्धी जानकारी नै हुँदैनथ्यो। जब प्रतियोगितामा जान मानसिक रूपमा तयार हुन्थिन्, तब खर्च नहुुँदा आँट हराउँथ्यो। खर्च अभावका कारण निराशा बोकेर घरबाट निस्कनुपर्ने बाध्यता अहिले पनि छ।

परिवार भर्सेस प्यासन

अरूभन्दा फरक र फुर्तिली माइली छोरी सिर्जनाले केही गर्न सक्ने आश बुवा डम्बर राईलाई सधैं थियो। सानैदेखि नाचमा उत्कृष्ट उनले दौडमा अन्तर्राष्ट्रियस्तरसम्म परिचय बनाएको सुन्दा उनी चकित भए। आर्थिक अवस्था कमजोर रहेकाले छोरीका लागि लगानी गर्न नसकेकोमा भने बाबुआमा चिन्तित छन्। छोरीले प्रतियोगितामा दौडिएको हेर्न नपाए पनि छोरीको दौड राम्रो छ भन्ने सुन्न पाएकोमा उनीहरू खुसी छन्। प्रतियोगितामा जाँदा घरमा नसुनाई जाने गरेको बुुवाले सुनाए। उपाधि लिएर आउँदा मात्र छोरी गएको थाहा पाउने गरेको उनले बताए। आमाबुवाले खर्च दिन नसकेर प्रतियोगितामा नजानू भन्ने गरेकाले जानकारी नै नदिई भागेर जानु परेको सिर्जना बताउँछिन्।

वरुण बहुमुखी क्याम्पस खाँदबारीमा स्नातक प्रथम वर्षमा अध्ययनरत सिर्जना पढाइमा पनि अब्बल छिन्। आर्थिक अभावका कारण १२ कक्षापछि अध्ययन नै छाड्ने मनस्थितिमा पुगेकी थिइन् उनी। तर स्नातक तहको अध्ययनका लागि हङकङका उपेन्द्र कोरंगीले उनलाई आर्थिक सहयोग गरे। कोरंगीको एक लाख रुपैयाँ अध्ययन सहयोग आएपछि उनले अध्ययनलाई निरन्तरता दिएकी छन्। भाइबहिनीलाई पनि पढाउने जिम्मेवारी उनको काँधमा छ। अध्ययनसँगै शारीरिक व्यायाम र अभ्यासको पनि उनलाई खाँचो छ। तर बुवाआमाको आफ्नै चिन्ता छ। छोरीले दौड छोडेर अरू केही जागिर खोजे हुन्थ्यो भन्ने उनीहरूको चाहना छ।

बाबुआमाको चिन्ता बुझेकी सिर्जना आफ्नो सपना सजिलै छोड्ने पक्षमा छैनन्। दोस्रो नहुने उनी आफूलाई पनि प्रेरित गर्ने मीरा राईको स्थान आगट्नेमा विश्वस्त छिन्। उचित अभ्यास, पर्याप्त पोषण र अन्य खेल सामग्रीको अपुगसँग जुध्दै लामो दूरीका दौडमा दौडिने उनको दृढ निश्चय तत्काल थाक्नेवाला छैन।

अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!