‘पोखिएछु’ सार्वजनिक (भिडियो सहित)

‘पोखिएछु’ सार्वजनिक (भिडियो सहित)
खाँदबारी । गायक संशेर तामाङले 'पोखिएछु' बोलको गीत बजारमा ल्याएका छन् । पदम साधना कुलुङको शब्द र रामकुमार धिमालको संंगीतमा तयार पारिएको उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । हाईलाईटस् नेपाल युटुब च्यानलबाट बजारमा ल्याईएको उक्त गीतको भिडियोमा पाल्देन लामा र ईभाना वाईबाले अभिनय गरेका छन् । रिन्जिन दोङले निर्देशन गरेको उक्त भिडियोलाई अमर खड्काले छायाँकन गरेका हुन् । गीत सार्वजनिक भएसँगै शब्द, संगी...

पुर्वमै सवैभन्दा धेरै विधाको ‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ हुँदै

पुर्वमै सवैभन्दा धेरै विधाको ‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ हुँदै
इटहरी । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा  'रमपम पुर्वेली म्युजिक अवार्ड २०२०' को आयोजना हुने भएको छ । आगामी चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको हो । शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयोजकले सोमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएक...

भ्यालेन्टाईन डेको अवसरमा ‘परि जस्तै’ सार्वजनिक (भिडियो सहित)

भ्यालेन्टाईन डेको अवसरमा ‘परि जस्तै’ सार्वजनिक (भिडियो सहित)
खाँदबारी । फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन डेको अवसर पारेर प्रेमिल शब्दले ओतप्रोत परि जस्तै बोलको गीत सार्वजनिक गरिएको छ । दीपनकुमार श्रेष्ठको शब्द तथा सुनील राई र आशा राईको आवाजमा उक्त गीत गायक तथा संगीतकार भविन ढुंगानाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा एबीन्द्र पाठकको संगीत रहेको छ भने संगीत संयोजन पदम राजन मगरले गरेको हो । गीतमा प्रेमिल जोडीहरुको माया भाव ब्यक्त गरिएको छ । गीतमा...

याम्फु भाषाको चलचित्र ‘सेनुङ-फु’को गीत सार्वजनिक (भिडियो सहित)

याम्फु भाषाको चलचित्र ‘सेनुङ-फु’को गीत सार्वजनिक (भिडियो सहित)
संखुवासभा । याम्फु भाषाको चलचित्र 'सेनङ-फु'को 'कहिले काही' बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ । मेलिना राई र राजेश पायल राईको आवाजमा रहेको उक्त चलचित्रको गीत शुक्रबार हाईलाईटस नेपालको च्यानलबाट सार्वजनिक गरिएको हो । प्रेम पुर्णिमाको शब्द र सोम याम्फुको संगीत रहेको उक्त गीतमा रञ्जित गेशा र रुविना लामाको अभिनय रहेको छ । किरात यामफु समाजले पहिलो पटक निर्माण गरेको उक्त चलचित्र हाल याम्फु समुदायक...

आयो कुलुङ जातीको पहिचान सहितको नयाँ गीत (भिडियो सहित)

आयो कुलुङ जातीको पहिचान सहितको नयाँ गीत (भिडियो सहित)
संखुवासभा । जब कुलुङ जातीको प्रमुख पर्व चाक्चाकुरको अवसर पारेर दिप कुलुङ किराँतीले चाक्चाकुर र कुलुङ समुदायलाई लक्षित गरिएको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय संगीत क्षेत्रका बादशाह मानिने राजेश पायल राई र मेलीना राईको आवाजमा रहेको उक्त गीतमा संगीतकार डिआर अटुले संगीत भरेका हुन् । साकेला बिटमा तयार भएको उक्त गीतमा कुलुङ भाषाको शब्दावलीहरु प्रयोग गरिएको छ । सेवाके, तोस, देदाम, नागी, फेङ्गा, ...

चाक्चाकुरको अवसरमा प्रदर्शन हुँदै ‘चारिछा’

चाक्चाकुरको अवसरमा प्रदर्शन हुँदै ‘चारिछा’
खाँदबारी । चलचित्रकर्मी छविसित कुलुङको लेखन तथा निर्देशनमा निर्माण गरिएको कुलुङ भाषाको लघु चलचित्र 'चारिछा' चाक्चाकुरको अवसरमा प्रदर्शन हुने भएको छ । कुलुङ जातीहरुको प्रमुख पर्व चाक्चाकुरको अवसरमा कुलुङ बाहुल्य क्षेत्रहरुमा प्रदर्शन गरिने भएको हो । चाक्चाकुरको अवसरमा काठ्माण्डौ, सोलुखुम्बुको महाकुलुङ, सुनसरीको देवीगाउँ, संखुवासभाको खाँदबारी र बालामा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनको समय र म...

फुटबलको चोटपछि गायनमा यसरी लागेका थिए राम लिम्बु

फुटबलको चोटपछि गायनमा यसरी लागेका थिए राम लिम्बु
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सांगीतिक रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’ यतिबेला उत्कर्षमा छ । दोस्रो संस्करण अन्र्तगत सञ्चालन भइरहेको यो प्रतियोगिताको आगामी शनिबार अन्तिम छिनोफानो हुँदैछ । अन्तिम प्रतिस्पर्धाका लागि चार जना प्रतियोगी मैदानमा छन् । यसमध्येका एक हुन्, राम लिम्बु । झापाका राम कसरी भ्वाइस अफ नेपालमा आइपुगे रु उनको संगीत यात्रा कस्तो रह्यो ? उनकै शब्दमाः खासमा म फु...

भाइरल कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक

भाइरल कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक
काठमाडौं । चर्चित लोकदोहोरी बालगायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक गरिएको छ। बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो। क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमल...

यस कारण पक्राउ परे गायक दुर्गेश थापा (भिडियो सहित)

यस कारण पक्राउ परे गायक दुर्गेश थापा (भिडियो सहित)
काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ । तिहार लक्षित गरी दुर्गेशले गा...

रक्षक राई र सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक

रक्षक राई र सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक
काठमाडौं । भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका र’क्षक राईले अर्की गायिका सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिएका र’क्षक र सुनिताको स्वरमा “हातैमा लाउँने सुनको बाला” बोलको पुर्बेली लोकभाकाको गीतको भि...
error: Content is protected !!