भरत कुलुङ पछिल्लो समयमा चलेको नाम हो । हालै बजारमा आएको गीतहरुले उनको चर्चा थपिएको हो । गजल लेखनमा अब्बल मानिने कुलुङले हालै २ वटा गीतहरु ल्याएपछि उनले थप चर्चा बटुलेका हुन् ।

भोजपुरको विभिन्न ठाउँहरुलाई प्रचार गर्दै मायाको कुरा मिसाएर बनाईएको गीत भोजपुरको सिरानी बोलको गीत दर्शकहरुले धेरै रुचाएका छन् । राजेश पायल राई र लिला राईले आवाज भएको उक्त गीतले युटुवमा राम्रो भ्युज पाएको छ । उनको दोश्रो गीत सोई राजा सोई अघिल्लो गीत भन्दा बढी आफुलाई मन परेको कुलुङ बताउछन् । साल्पा पोखरीको दर्शन गर्न जाने तिर्थालुहरुले गाउँने भाकालाई संकलन गरिएको उक्त गीत पनि उत्तिकै राम्रो छ । यद्धपी अघिल्लो गीतले जति भ्यजु भने पाएको छैन ।

कुलुङका अन्य गीतहरु पनि बजारमा आउने तयारीमा रहेको उनी बताउछन् । दशैसम्ममा दुई वटा गीतहरु बजारमा आईसक्ने उनी बताउछन् । केही अन्य गीतहरु पनि गायक र संगीतकारहरुले लिईसकेको उनको भनाई छ । यी र यस्तै विषयमा साहित्यकार कुलुङसँग हामीले कुराकानी गरेका छौं ।

तपाईको प्रतिक्रिया

Loading...